पहिलो टी-ट्वान्टी क्रिकेटमा भारतको जित – Nagarikabhiyan : National News

पहिलो टी-ट्वान्टी क्रिकेटमा भारतको जित

काठमाडौं  ।  पहिलो टी-ट्वान्टी क्रिकेटमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ । क्यानबेरामा आज भएको खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै भारतले जित हात पारेको हो।

भारतले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो। जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेल आइतबार हुनेछ ।