अपांगता दिवस : विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना
१८ मंसिर २०७७, बिहीबार १६:२१
विराटनगर । २९ औं अन्तर्राष्ट्रिय अपांगता दिवस विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना गरेर मनाइएको छ । राष्ट्रिय अपांग महासंघ प्रदेश नं. १, विराटनगर महानगरपालिका र करुणा फाउण्डेशनले संयुक्त रुपमो खेलुकद प्रतियोगिता आयोजना गरेको थियो ।
पुरुष खुला दौड प्रतियोगितामा ८ जना र महिला तर्फ ७ जनाले भाग लिएका थिए । अपांगता भएका व्यक्तिहरु मात्र सहभागि भएको खुला दौड प्रतियोगितामा पुरुष तर्फ राम कामत प्रथम भएका छन् भने बासुदेव दोश्रो भएका छन् । यसैगरी महिला तर्फ कविता पौडेल प्रथम र मुनिया साह दोश्रो हुनुभएको छ ।
यसैगरी पुरुष ट्राइसाइकल दौड प्रतियोगितामा रामकुमार सहनी प्रथम र सोनु दास दोश्रो भएका छन् भने ह्विल चेयर दौड प्रतियोगितामा विश्वध झा पहिलो र होमराज पराजुली दोश्रो भएका छन् । प्रथम हुनेलाई नगद ३ हजार पुरस्कार र दोश्रो हुनेलाई २ हजार नगद प्रदान गरिएको थियो ।
विजयी अपांगहरुलाई कार्यक्रमका अतिथि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । न्युज२४बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया