मानव अधिकार सम्वन्धि कार्यक्रम,कोशीका मदर्सामा समेत स्यानेटेरी प्याडको ब्यवस्था गर्नुपर्ने माग – Nagarikabhiyan : National News

मानव अधिकार सम्वन्धि कार्यक्रम,कोशीका मदर्सामा समेत स्यानेटेरी प्याडको ब्यवस्था गर्नुपर्ने माग

मुस्ताक आलम
कोशी । सुनसरीको कोशी गाउँपालिका ५ का सरोकारवालाहरुmले मदर्सामा पढ्ने छात्राहरुको लागि समेत स्यानेटेरी प्याडको ब्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

कोशी गाउँपालिका ५ श्रीपुरमा मानव अधिकार समुह कोशीले आयोजना गरेको वडा स्तरीय मानव अधिकार सम्वन्धि कार्यक्रममा सरोकारवालाहरुले यस्तो माग गरेका हुन् ।

गाउँपालिकाको विद्यालयहरुमा स्यानेटेरी प्याडको ब्यवस्था भएपनि मदर्सामा सो ब्यवस्था नभएको भन्दै स्यानेटेरी प्याड ब्यवस्था गर्नुपर्ने माग गरेको स्थानीय पप्पु यादवले जानकारी दिनुभयो ।

सरकारले किशोरीहरुको लागि भन्दै विद्यालयहरुमा निःशुल्क स्यानेटेरी प्याडको ब्यवस्था गरेपनि मदर्सामा त्यसको ब्यवस्था नभएको भन्दैं मदर्सामा समेत छात्राहरुको लागि स्यानेटेरी प्याडको ब्यवस्था गर्नुपर्ने स्थानीय मौलबी अकमल हुसैनले बताउनुभयो ।

गाउँपालिकामा कक्षा ६ माथिका मदर्साका छात्राका लागि समेत स्यानेटेरी प्याडको ब्यवस्था गर्नुपर्ने हुसैनको माग रहेको छ ।

मदर्सामा पढ्ने बालिका तथा किशोरीका लागि स्यानेटेरी प्याडको ब्यवस्था भए महिनाबारी भएको बेला समेत विद्यालय आउन सहज हुने विधार्थी ओजरा वानको भनाई रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष साह जमालले समेत स्यानेटेरी प्याडको बारेमा आफूले गाउँपालिकामा बुझने र किशोरीहरुको लागि ब्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

मदर्सा दारुल होदा अलसल्फिया कुम्याही कोशी ५ मा कक्षा ८ सम्म पढाई हुँदै आएको र केटा भन्दा केटी विद्यार्थी बढी रहेकाले स्यानेटेरी प्याडको ब्यवस्था आवश्यक रहेको मौलवी अकमल कैयुमले बताउनुभयो ।

समुहको आयोजना र वडा कार्यालयको संयोजन तथा इन्सेक बिराटनगरको सहयोगमा कार्यक्रम सम्पन्न भएको समुहका सदस्य पवन रौनियारले जानकारी दिनुभयो । कार्यक्रम समुहका मुस्ताक आलमको अध्यक्षतामा सम्पन्न् भएको थियो ।

कार्यक्रममा वडाध्यक्ष साह जमाल, मानव अधिकार समुहका सचिव पप्पु यादव, इन्सेक प्रतिनिधि जयकृष्ण यादव, विद्यार्थी नाजमिन, कसिरा, वासिला, नासिबा, हबिबा, तालिफा, हस्मुल,नसिम, मुक्तार, समशाद, मसुद र सशस्त्र प्रहरीका रमानन्द पुरी लगायतकाले मानव अधिकारको सवालमा आआफनो धारणा राखेका थिए ।