वामदेव कड्किदा ओली सितांग !
२२ कार्तिक २०७७, शनिबार २१:०३
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुबीचको दन्तबझान रोकिएको छैन । बैठक बोलाउने कि नबोलाउने भन्ने जस्ता सामान्य विषयमा नेताहरु महिनौसम्म अल्झेका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली बैठक बोलाउन अनिच्छा प्रकट गरिरहेका छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना नेताहरु बैठकको माग गर्न छोडेका छैनन् ।
नेकपामा यो क्रम झण्डै एक महिनायता चलिरहेको छ । सोही क्रममा शनिबार बैठकको माग गर्दै लिखित पत्र लिएर बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री समेत रहेका ओलीबीचको २ घण्टे सम्वादभनाभन र घोचपेच पुर्ण बनेको छ ।
शनिबार बालुवाटारमा ६ जना नेताहरुबीचको संवादमा ओलीको कार्यशैली र व्यवहारका विरुद्ध सवैभन्दा बढि आक्रोेश उपाध्यक्ष वामदेव गौतमले पोखेका थिए । ओलीले बैठकको मिति तोक्न नमानेपछि गौतमले झोक्दिै उनको कार्यशैलीको चर्कोे आलोचना गरेका थिए ।
‘तपाइ अरुलाईमात्रै गुटबन्दी र के के गरे भन्नुहुन्छ । गुटबन्दी अरुले होइन, तपाइले नै गर्नुभएको छ । तपाईले त षड्यन्त्र बाहेक केही जानेको रहेनछ । तपाईको समय २४ सै घण्टा षड्यन्त्रमै वित्छ । अनि किन बैठक राख्न चासो देखाउनुहुन्थ्यो र ?’गौतमको भनाई उधृत गर्दै श्रोतले भन्यो, ‘मैले पहिला पनि ६ बुँदे मार्फत तपाइलाई सहयोग गरेकै हो । तर अव म तपाइसँग रहन्न र सहयोग गर्न पनि सक्दिनँ’, आफ्नो पक्षमाबोल्छन कि भनेर अपेक्षा गरेका ओली गौतमले यस्तो बताएपछि सितांग बनेका थिए ।
‘अप्ठ्यारो परेको बेला सहयोग हुन्छ कि भनेर उहाँ गौतमलाई राष्ट्यि सभा सदस्य र उपाध्यक्ष पनि बनाइयो, तर केही काम लाग्ने देखिएन । उल्टै मलाई षड्यन्त्र गरेको देख्न थाल्नुभयो’, प्रधानमन्त्री ओलीले आफुनिकट नेताहरुलाई व्रिफिङ गर्दै गौतमले सहयोग नगरेकोमा दुखेसो पोखेका थिए ।
स्रोतका अनुसार वामदेवपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि चर्को स्वरमा बोलेका थिए । ‘कि तपाइको दास हुनुपर्ने कि तपाइलाई मान्नुपर्ने, सामुहिक निर्णय गर्ने कम्युनिस्ट पार्टीमा त्यस्तो पनि हुन्छ ?,’श्रेष्ठले ओली कार्यशैलीको विरोध गरेका थिए । बरिष्ठ नेता झलनाथ खनालले भने ओलीलाई सम्झाउने शैलीमा ‘तपाइले कहिल्यै आफ्नो कमजोरी सुधार्ने प्रयास गर्नुभएन । गल्ति सुधार्ने भन्दा ढाकछोप गर्न नै लाग्नुभयो । यसले राम्रो गर्दैन’, खनालको भनाई थियो ।
नेता माधवकुमार नेपालले पनि खनालको भनाईमा समर्थन जनाउँदै गल्ती स्वीकार नगर्नु नै ओलीको कमजोरी रहेको बताएका थिए । सम्वादकै क्रममा ओलीले अरु नेताहरुलाई भाँडभैलो मच्चाउन लागि परेको आरोप लगाएपछि प्रचण्डले प्रतिवाद गर्दै ‘बैठक बसौ भन्दा पार्टी फुटाउछु भन्ने को ?’ भनेर प्रश्न गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया