शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी नेताहरुको निर्णय
२३ फाल्गुन २०७९, मंगलवार ११:२७

काठमाडौँ । माओवादी आन्दोलनका (पुर्व माओवादी) राजनीतिक दलहरूबिचको बैठक सकिएको छ। बैठकले शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने लगायत तीनबुँदे निर्णय गरेका छन्।
‘संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्दछ । संक्रमणकालीन न्यायको प्रक्रियाविपरीतका काम कारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुर्याउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौँ’, विज्ञप्तिमा उल्लेख छ ।
नेताहरूले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन आवश्यक कानुनी एवम् संस्थागत व्यवस्थाको लागि तत्कालै पहल गर्न सरकारसँग माग गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया