बेकेदाह्रीको ‘यो हो होली’ बोलको गीत सार्वजनिक – Nagarikabhiyan : National News

बेकेदाह्रीको ‘यो हो होली’ बोलको गीत सार्वजनिक

विराटनगर । गायक श्रीकृष्ण लुईटेल बोकेदाह्रीको होली गीत बजारमा ल्याएका छन् । उनले ‘यो हो होली’ बोलको गीत बजारमा ल्याएका हुन् । बोकेदाह्रीको स्वर, शब्द तथा संगीतमा रहेको सो गीतमा सुरज श्रेष्ठको एरेन्ज रहेको छ ।

सुमन तामाङको छायांकन रहेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै, ज्याक, राजाबाबु, कृष्ण काफ्ले, दिपेश पोखरेल लगायको अभिनय रहेको छ । भिडियो हेमन्त तामाङले सम्पादन गरेका हुन् ।

बेकेदाह्रीका ‘ए बा किन्देउ न भट्भटे’, ‘बाँके बर्दिया’, ‘सररर इज्निने गाडीमा’, ‘मर्गेली हम’ लगायतका दर्जनौँ कमेडी तथा चेतनामुलक गीत लोकप्रिय छन् ।