युएईसँगको खेलमा नेपाललाई तेस्रो सफलता – Nagarikabhiyan : National News

युएईसँगको खेलमा नेपाललाई तेस्रो सफलता

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सिरिजमा नेपालले तेस्रो सफलता हासिल गरेको छ। नेपालका लागि कुशल मल्लले तेस्रो विकेट लिएका हुन्। यसअघि सन्दीप लामिछानेले एक विकेट लिएका थिए। व्रित्या अरविन्दलाई सन्दीपले बोल्ड गरेसँगै युएईको दोस्रो विकेट पतन भएको छ। चुन्दनग्यापोयिल रिजवानलाई उनले क्याचआउट गराएका हुन्।

करण केसीले पहिलो ओभरमै नेपाललाई सफलता दिलाएका थिए। उनले पहिलो ओभर विकेटसहित मेडन राख्ने क्रममा पाचौं बलमा ओपनर मोहम्मद वासिमलाई आउट गरेका हुन्।

२६ ओभरको समाप्तिमा युइईले तीन विकेटको क्षतिमा ९० रन बनाएर खेलिरहेको छ। दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।