युएईविरूद्ध नेपाललाई पहिलो सफलता
१८ फाल्गुन २०७९, बिहीबार १२:१२

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
यूएईविरुद्ध खेल्ने नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ। आज नेपाली टोलीमा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पनि खेल्दैछन्। मौसम ढकाल (श्याम) घाइते भएपछि सन्दीप उनको स्थानमा खेल्न लागेका हुन्।
नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ। नेपालको लागि पहिलो ओभरमा करण केसीले युएईका ओपनर मोहम्मद वासिमलाई शून्य रनमै बोल्ड आउट गरेका हुन्। पहिलो ओभर करणले मेडन राख्दै विकेट लिएका हुन्। यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो। यूएई भने पपुवा न्यु गिनीसँग पराजित भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया