दिल्लीले बेंगलोरविरुद्ध पहिला बलिङ गर्ने – Nagarikabhiyan : National News

दिल्लीले बेंगलोरविरुद्ध पहिला बलिङ गर्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

दुवै टोलीलाई प्ले अफमा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ। आजको विजेता टोली सिधै क्वालिफायरमा स्थान बनाउने छ । पराजित हुने टोली भने मंगलबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादको नजिता पर्खनुपर्ने हुन्छ ।