नागरिकता विधेयक कार्यान्वयनमा समस्या देखिए परिमार्जन हुन्छ : गृहमन्त्री खाँण
३१ असार २०७९, शुक्रबार १४:४६
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कार्यान्वयनमा समस्या देखिए परिमार्जन हुने बताएका छन् ।
प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफलका क्रमा उठेका प्रश्नको जवाफ दिँदै खाँणले यस्तो बताएका हुन् ।
‘कार्यन्वयनमा गएपछि भएका समस्यालाई फेरि पनि कार्यान्वयन हुँदै जाने छ,’ उनले भने, ‘एकपटक विधेयक आएपछि त्यसलाई पनि थप परिस्कृत गर्दै जान सकिने छ ।’
कुनै पनि नागरिक नेपाली नागरिकता पाउनबाट बन्चित नहुन् भन्ने कुरामा सचेत रहेको र यही नै संविधानको मूल अवधारणा भएको उनले बताए ।
गृहमन्त्री खाँणले सबै नागरिकले नागरिकता पाउन भन्नेमा सरकार प्रतिवद्ध रहेको समेत बताए। ‘नेपाली नागरिक नागरिकताबाट बन्चित नहोस्,’ उनले भने, ‘नेपाली नागरिकले नागरिकता प्राप्त गर्नै पर्दछ, यो संविधानको मूल अवधरणा पनि हो । त्यसै अवधारणमा आधारित भएर यो विधेयक आएको छ।’
नारिकता सम्बन्धी विधेयक यो सरकारले नल्याएको भन्दै उनले यसमा कसैले जस लिने र कसैलाई दोषारोपन गर्न आवश्यक नरहेको बताए। ‘हामी दोषारोपण र अपजसबाट पनि माथि उठौं । सबै नेपालीले नागरिकता प्राप्त गरुन् भन्ने हामी सबैको संकल्प हो,’ खाँणले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया