सुनियोजित रुपले महेन्द्र राय यादवलाई बदनाम गर्ने काम भयो : सचिवालय – Nagarikabhiyan : National News

सुनियोजित रुपले महेन्द्र राय यादवलाई बदनाम गर्ने काम भयो : सचिवालय

काठमाडौं । ‘मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा’ समाचारप्रति निवर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवका सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उनका प्रेस सल्लाहकार सत्य प्रकाश यादवले एक विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन् ।

यादवकाअनुसार उक्त समाचारमा निवर्तमान मन्त्री यादवले पुल्चोकस्थित मन्त्री निवास छाड्दा वासिङ्ग मेसिनलगायत अन्य सामानहरु लिएर गएको भनि तथ्यहिन र भ्रामक प्रचार गरिएको छ ।

असार २५ गते शनिबारका दिन निवासमा भौतिक व्यवस्थापनका सम्पुर्ण सामानहरु ठिक दुरुस्त भएकोले बुझ्ने बुझाउने काम संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीको रोहवरमा दुईतर्फि हस्ताक्षर भएको बताउदै सल्लाहकार यादवले भने, सुनियोजित रुपमा बदनाम गर्ने नियतले सञ्चार माध्यममा आएको यो अपुष्ट समाचारप्रति सचिवालयको घोर आपत्ति छ ।

कार्यालयले ध्यानाकर्षण पत्रमा उक्त समाचारले निवर्तमान कृषि मन्त्रीको प्रतिष्ठा माथि पर्न गएको असर प्रति क्षमायाचना समेत मागेको छ । मन्त्री निवासमा कार्यालयले दिएको सेवा सुबिधा असार २५ गते शनिबार नै बरबुझारत गरि चुस्त दुरुस्त हालतमा रहेको व्यहोरा समेत ध्यानाकर्षण पत्र मार्फत जनाएको छ ।