वर्षाका कारण नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज – Nagarikabhiyan : National News

वर्षाका कारण नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज

काठमाडौं । लगातार वर्षाको कारण नेपाल र क्यानाडाबीचको पहिलो एक दिवसीय क्रिकेट खेल भएको छ ।

क्यानाडाको किङ सिटीस्थित मेपल लीफ क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार मंगलबार राति ८ स् ४५ मा सुरु हुने तय थियो । तर टस हुनुअघिदेखि लगातार वर्षा हुँदा खेल रद्द भएको हो ।

स्कटल्याण्डमा अर्को साता सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलाअघि तयारीका लागि क्यानडा पुगेको नेपालले क्यानडासँग दोस्रो एक दिवसीय खेल आज खेल्दैछ ।

यसअघि नेपालले ओन्टारियोविरुद्धको दुई अभ्यास खेल जितेको थियो ।