माधव नेपालको स्थिति हविगत भइसक्यो, मन्त्रीले पार्टीकाे निर्णय टेरेनन् : अध्यक्ष ओली – Nagarikabhiyan : National News

माधव नेपालको स्थिति हविगत भइसक्यो, मन्त्रीले पार्टीकाे निर्णय टेरेनन् : अध्यक्ष ओली

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले पार्टीबाट निस्काशित मन्त्रीहरुलाई पनि थमाएर राख्दा पनि माधव नेपाल नेतृत्वको पार्टी निरिह रहेको आरोप लगाएका छन् ।

विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले नेपाल नेतृत्वको पार्टीको हविगत भएको टिप्पणी गरेका हुन् ।

‘पार्टीले मन्त्री निकाल्यो तर निक्लिएनन् । पार्टीको हालत यस्तो भइसक्यो,’ उनले भने ।

त्यस्तैगरी उनले पहिले एमाले फुटाएर जानेहरुलाई पुन पार्टीमा स्वागत गर्ने चलन नरहेको बताएका छन् ।

शुक्रबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले फुटेर जानेहरु एमाले प्रवेश गर्न सक्ने तर पार्टीले स्वागत भने नगर्ने उल्लेख गरे ।

‘पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन,’ उनले भने ।