नेसन्स लिगको पहिलो खेलमा पोर्चुगल र स्पेनले बराबरी खेले, १० वर्षयता उस्तै नतिजा – Nagarikabhiyan : National News

नेसन्स लिगको पहिलो खेलमा पोर्चुगल र स्पेनले बराबरी खेले, १० वर्षयता उस्तै नतिजा

काठमाडौं । नेसन्स लिगको पहिलो खेलमा पोर्चुगल र स्पेनले एक एक गोलको बराबरी खेलेका छन् ।

पछिल्लो एक दशक याताको नतिजालाई नै दोहोर्याउदै पोर्चुगल र स्पेनले बराबरी खेलेका हुन् ।

हारनजिक पुगेको पोर्चुगल रिकार्डो होर्टाले ८२औँ मिनेटमा गोल परेपछि पुन खेलमा फर्किएको थियो ।

स्पेनका लागि २५ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर उक्त नतिजा खेलको अन्तिम समयसम्म रहन नसक्दा खेल बराबरीमा सकिएको हो ।

पछिल्लो १० वर्षयता स्पेन र पोर्चुगलले स्पष्ट जीत निकाल्न सकिरहेका छैनन् ।

उनीले यो अवधिमा सँधै बराबरी खेलिरहेका छन् ।