विश्वकप छनोट खेल : अर्जेन्टिनाले बोलिभियाको सामना गर्ने – Nagarikabhiyan : National News

विश्वकप छनोट खेल : अर्जेन्टिनाले बोलिभियाको सामना गर्ने

काठमाडौं । फिफा विश्वकप छनोट खेलमा आज (मंगलबार) अर्जेन्टिना र बोलिभियाबीच प्रतिस्पर्धा हुने भएको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गतको दोस्रो खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

अर्जेन्टिना १ खेलमा ३ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ भने बोलिभिया पहिलो जितको खोजीमा हुनेछ ।

यस्तै अर्को खेलमा उरुग्वे र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ। खेल राति २:४५ बजे सुरु हुनेछ । यस्तै ३:४५ बजे सुरु हुने अर्को खेलमा भेनेजुएला र पराग्वे भिड्ने छन् ।