वीरगन्ज महानगर : राजेशमानलाई सरावगीले पछ्याउन सकेनन् – Nagarikabhiyan : National News

वीरगन्ज महानगर : राजेशमानलाई सरावगीले पछ्याउन सकेनन्

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको प्रमुख ९मेयर० पदमा जनता समाजवादी पार्टी ९जसपा० नेपालका उम्मेदवार राजेशमान सिंहको अग्रता कायम रहेको छ ।

पछिल्लो प्राप्त मतगणनाअनुसार सिहंले ८४७५ मत पाउदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय कुमार सरावगीले ३८१६ मत पाएका छ्न । यस्तै, राप्रपाका गिरिश गिरीले २८१ मत पाएका छन् ।

यस्तै, उपमेयरतर्फ नेपाली कांग्रेसका इम्तियाज आलमको अग्रता कायमै रहेको छ । उनले ३७२६ मत पाउँदा उनका प्रतिस्पर्धी पुरुषोत्तमलाल झा ९लोसपा० ले ६३३ मत र विना जयसवार ९राप्रपा०ले ३०५ र रम्भा मिश्र ९स्वतन्त्र० ले ६२९ मत पाएका छन् ।

हालसम्म वडा नं १,२,३,४,३०,३१,३२ को
१७२३४ मतगणना सकिएको छ । मेयरतर्फको सदर मत १२६९९ र बदर मत ४५३५ रहेको छ । यस्तै, उपमेयरतर्फ सदर मत ७८५३ र बदरतर्फ ९३८१ रहेको छ ।