ललितपुर महानगर : हरिकृष्णभन्दा दोब्बर बढी मतले चिरीबाबु अगाडि
३ जेष्ठ २०७९, मंगलवार १७:०७
ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुख ९मेयर० पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायम रहेको छ । पछिल्लो प्राप्त मतगणनाअनुसार ७९२० मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३४७६ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जनले ५२२ मत पाएका छन् ।
यस्तै, उपमेयरतर्फ एमालेकी मन्जली शाक्य बज्राचार्यको अग्रता कायमै रहेको छ । उनको ४०४५ मत हुँदा उनका प्रतिस्पर्धी बाबुराजा बज्राचार्य ९नकेपा माओवादी केन्द्र० ले २५१७ मत र स्वर्णिमा शाक्य ९राष्ट्रिय प्रजातन्त्र पार्टी० ले ९२ मत पाएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया