खेलकुद महासंघ इनरुवा नगर कमिटि गठन – Nagarikabhiyan : National News

खेलकुद महासंघ इनरुवा नगर कमिटि गठन

सुनसरी सदरमुकाम इनरुवामा नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटि गठन गरिएको छ । खेलाडीहरुको भेलाले सरोज बस्नेतको अध्यक्षतामा महासंघ इनरुवा कमिटि गठन गरिएको हो । महासंघको नगर भेला कार्यक्रममा नेपाल खेलकुद महासंघका स्थायी कमिटि सदस्य विप्लव घोष, प्रदेश १ का उपाध्यक्ष टीका सिवाकोटी आचार्य, प्रदेश कमिटि सदस्य चेतनाथ पौडेल, सागर आचार्य, सुनसरी इन्चार्ज सुरेश कार्की , नेता विदुर सुवेदी, वडा अध्यक्ष कालुराम गुरुङ सहितको उपस्थिति रहेको थियो । भेलामा नेकपा एमालेका नेता खेमराज पोखरेल, पोष्ट कुमार नेपाल, इन्द्र पोखरेल, नगर अध्यक्ष प्रेम पोखरेलको पनि उपस्थिति रहेको थियो ।