नेपाली काङ्ग्रेस त्यागेर नेकपामा प्रवेश
१२ आश्विन २०७७, सोमबार १२:५९
इनरुवा / सुनसरी सदरमुकाम इनरुवा १० जल्पापुरमा सयौ नेता कार्यकर्ताहरु नेपाली काग्रेंस, राप्रपा र समाजवादी पार्टी त्यागेर सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा नेकपा प्रवेश गर्ने लहर चलेको बेला इनरुवा १० जल्पापुरमा सयौ नेता कार्यकर्ताहरु नेपाली काग्रेंस, राप्रपा र समाजवादी पार्टी त्यागेर नेकपामा प्रवेश गरेका हुन् । काग्रेंसबाट आजित भएर र नेकपाको काम र कार्यशैलीप्रति प्रभावित भएर नेकपामा पार्टी प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् । नेपाली काग्रेंसका स्थानीय नेता जल्लाउदीन मंसुरी सहितका नवप्रवेशीहरुलाई नेकपाका स्थायी कमिटी सदस्य भिमप्रसाद आर्चायले सोमबार विहान टीका लगाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपाका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल (पप्पु) , नेता पोष्टकुमार नेपाल, मिरा आर्चाय, रामप्रसाद मेहता र पर्शुराम यादव लगायतकाले स्वागत गर्नुभयो । कार्यक्रममा इनरुवा १० नम्बर वडा अध्यक्ष सुल्तान मियाँ, इलियास मियाँ , मोक्तार आलम, पार्टीका मेघराज न्यौपाने, रमेश भट्टराई, वडा सदस्य सतियादेवी खत्वे लगायतकाले पनि जल्पापुरमा सयौ नेता कार्यकर्ताहरु नेपाली काग्रेंस, राप्रपा र समाजवादी पार्टीबाट असन्तुष्ट भएर नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेकोमा बधाई तथा शुभकामना दिएका थिए ।



फेसबुकबाट तपाईको प्रतिक्रिया