हरिनगर गाउँपालिकामा प्रदेश स्तरीय एथेलेटिक्स प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई पुरस्कार – Nagarikabhiyan : National News

हरिनगर गाउँपालिकामा प्रदेश स्तरीय एथेलेटिक्स प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई पुरस्कार

प्रदेश १ सरकारका कानुन तथा आन्तरीक मामीला मन्त्री केदार कार्कीले सबैको शिक्षामा पहुच आवश्यक रहेको बताउनुभएको छ । सोमबार सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा प्रदेश स्तरीय एथेलेटिक्स प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई पुरस्कार, सिल्ड र प्रमाण पत्र वितरण कार्यक्रममा सम्बोधनका क्रममा सबैको शिक्षामा पहुच हुनुपर्ने र विद्यलायमा विभेद शिक्षा नभई विवेक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । मन्त्री कार्कीले देशको विकास र समृद्धिका लागि शिक्षालई संगसगैं लानुपर्ने र त्यसका लागि विभेद रहित शिक्षा आवश्कय रहेको बताउनुभयो । वहाँले शिक्षाले नागरिकलाई सवल र सक्षम बनाउने भएकाले विवेकशिल शिक्षा दिनुपर्ने बताउनुभयो । मन्त्री कार्कीले विगतको जस्तो दण्ड दिएर , कुटेर पढाउने जवाना नरहेको बताउनुहुदै बालमैत्री , खेलकुदमैत्री र समुदायमैत्री शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । विजयी भएका प्रतियोगीहरुलाई बधाई तथा शुभकामना दिनुहुदै खेलमा नाम, काम र दाम समेत कमाउन मिल्ने भएकाले खेलाडीहरुलाई खेलसंगै शिक्षामा पनि ध्यान दिन आग्रह गर्नुभयो । मन्त्री कार्कीले प्रदेश सरकारले गर्नुपर्ने कार्यक्रम हरिनगर गाउँपालिकाले गरेर आफूलाई प्रमुख अथिति बनाएको आभर प्रकट गर्नुहुदै शिक्षा, स्वास्थ्य र खेलकुदमा प्रदेश सरकार हातेमालो गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा राष्टिय खेलकुद परिषदका पूर्व निर्देशक नारायण यादवले खेलको माध्यमबाट सीमावर्ती गाउँलाई प्रदेशभरी चिनाउने मौका प्राप्त भएको बताउनुभयो । यसैबीच हरिनगर माध्यमिक विद्यालय हरिनगराको खेल मैदान सोमबार समपन्न भएको एथलेटिक्स प्रतियोगिता अन्तरगत पुरुष १० हजार मिटर दौडमा भोजपुरका नविन तामांग प्रथम, झापाका मेघराज चामलिंग राई द्धितिय र इलामका विवेश राई तृतिय हुनुभएको छ । यहाँ महिला १० हजार मिटर दौडमा भोजपुरकै छेम्वी माया राई प्रथम, संखुवासभाकी सुनकला राई द्धितिय र झापाकी भवानी कामती तृतिय हुनभएको छ ।
त्यसैगरी पाँच हजार मिटर दौडमा पुरुष तर्फ भोजपुरका नविन तामांग प्रथम, झापाका मेघराज चामलिंग राई द्धितिय र मोरगंका अमर यादव तृतिय हुनुभएको छ । यहाँ महिला पाँच हजार मिटर दौडमा भोजपुरकै छेम्वी माया राई प्रथम, संखुवासभाकी सुनकला राई द्धितिय र सुनसरीकी रुकमा उराँव तृतिय हुनभएको छ । त्यसैगरी ज्यावलिंग थ्रो पुरुष तर्फ मोरगंका देवागं तामागं प्रथम, ओखलढुंगाका जीवन खड्का द्धितिय र सुनसरीका विश्व श्रेष्ठ तृतिय हुनुभएको छ । यहाँ ज्यावलिंग थ्रो महिला तर्फ संखुवासभाकी मेनुका श्रेष्ठ प्रथम, सुनसरीकी असिता चौधरी द्धितिय र इलामकी आयुष्मा राई तृतिय हुनभएको छ । प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगितामा ११ जिल्लाको सहभागिता रहेको थियो । हरिनगर गाउँपालिकाले बिभिन्न समयखण्डमा खेलकुद संचालन गर्दै आइरहेको बेला सुनसरीको दक्षिणवर्ती क्षेत्रको हरिनगर गाउँपालिकालाई खेलकुदको मार्फतबाट चिनाउने प्रयास स्वरुप प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिता गरिएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताउनुभयो । प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगितामा सुनसरी, मोरङ्ग, झापा, इलाम, संखुवासभा, ओखलढुंगा, उदयपुर, सोलुखुम्बु, खोटाङ्ग, भोजपुर र धनकुटा जिल्लाका बालबालिकाहरु सहभागिता रहेको हरिनगर गाउँपालिकाका शिक्षा शाखाका अजित कुमार मल्लिकले जानकारी दिनुभयो । समापन कार्यक्रममा पुरुष र महिलातर्फ १०० मिटर, १५०० मि. दौड, लङ्ग जम्प हिट एण्ड फाइनल पुरुष् र महिला, र रिले पुरुष र महिला सहित १०००० मिटरसम्म दौड गराइएको र सबैमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार वितरण गरिएको थियो । प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिताको समापन सत्रमा हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर, हरिनगर गाउँपालिकाका वडा नम्बर–१ का वडाध्यक्ष लतिफ अन्सारी, २ का वडा अध्यक्ष इनुस मियाँ, ३ का वडा अध्यक्ष अरनिन्द मेहता, ४ का वडाध्यक्ष सुदीलाल मेहता, ५ का वडा अध्यक्ष सविब मियाँ, ६ नम्बरका वडाध्यक्ष इसराईल अन्सारी र नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ प्रदेश(ख) का उपसभापति शिवहरी श्रेष्ठ सहित नेकपा एमालेका हरिकृष्ण मेहता, माओवादीका भगवती महतो, जनता समाजवादी पार्टीका अध्यक्ष धर्मबीर आर्य सहितको उपस्थिती रहेको थियो ।