टोल कमिटि गठन तथा वडा भेला कार्यक्रम दैनिक – Nagarikabhiyan : National News

टोल कमिटि गठन तथा वडा भेला कार्यक्रम दैनिक

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को टोल कमिटि गठन तथा वडा भेला कार्यक्रम दैनिक भईरहेको छ । वडा तथा टोल भेला गर्ने क्रममा इनरुवा ४ नम्बर वडा अन्तर्गत श्रमिक टोल कमिटि शुक्रबार गठन गरिएको हो । पार्टीका नगर अध्यक्ष तोया गिरी पौद्धारका अनुसार लिला खत्वेको अध्यक्षतामा १९ सदस्य श्रमिक टोल कमिटि गठन गरिएको छ । टोक कमिटिलाई माओवादी केन्द्र जिन्दावाद, महान अमर सहिदहरु लाल सलाम, घरघर जाउँ, माओवादी केन्द्रलाई बिजय गराउँ नारा समेत प्रवाह गरेको अध्यक्ष पौद्धारले बताउनुभयो । पौदारका अनुसार १० वटै वटामा विभिन्न टोलहरुमा धमाधम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को टोल कमिटि गठन तथा टोल भेला कार्यक्रम भईरहेको छ । कार्यक्रममा पार्टीका नेता योगेन्द्र मण्डल, रमेश भट्टराई सहितको नेताहरुको उपस्थिती रहेको थियो । यसैबीच निरन्तर जनता जगाउँदै नेकपा माओबादी केन्द्र इनरुवा–४ को रेडक्रस टोलमा कमिटि गठन गरेको पार्टीले जनाएको छ । स्थानीय समुदायले राजाजी मन्दिरको निर्माणका लागि इनरुवा नगरपालिका वडा नं ४ बाट दुईलाख पाए तर मन्दिर निर्माणका लागि पहिला उपभोक्ता समुह गठन गर्दा वडाका जनप्रतिनिधि निकट मानिसलाई समितिको अध्यक्ष नबनाएको भन्दै बिनियोजित भएको दुइलाख बजेट फ्रीज भएको गुनासो स्थानियले ब्यक्त गरे । स्थानीय भन्छन “ आउने चुनाबमा यदको हिसाब चुक्ता गर्नेछौं“ ! स्थानियले थओदै गए “ सुनसरी खोला र यसको कहर हाम्रो साझा दुःख हो, यसले दिने पीडा जुन पार्टीको नेताले रोक्छ त्यसैलाई भोट दिनेछौं“! समाबेसी बिकासका लागि आवाज लिएर उठौं । असंगठितहरु संगठित बनौं । विभेद र अन्यायको बिरुद्ध बोलौं । गरिखाने बर्गको पक्षमा उभिऔं । नेकपा माओबादी केन्द्र जिन्दावाद !