निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक बस्दै
३० पुष २०७८, शुक्रबार १०:१७
काठमाण्डौं । स्थानीय तहको चुनावको मिति लगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले आज सर्वदलीय बैठक बोलाएको छ । आयोगले आज बिहान ११ बजे आयोगकै कार्यालयमा बैठक बोलाएको छ । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाइएको छ ।
माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ । त्यसका विषयमा पनि छलफल हुने आयोगले जनाएको छ । यसअघि आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनका विषयमा सुझाव दिएको थियो । आयोगले आगामी वैशाख १४ र २२ गते चुनाव गर्न सकिने प्रस्ताव गरेको थियो ।
आजको बैठकमा पनि स्थानीय तहको चुनावकै मितिका विषयमा छलफल हुनेछ। त्यसपछि आयोगले सरकारलाई सुझाव दिनेछ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिँदै छ । त्यसको दुई महिना अघि चुनाव गर्नुपर्ने कानूनी व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया