‘पुष्पा’ सिक्वेलमा को बन्ला ‘आइटम गर्ल’ ? – Nagarikabhiyan : National News

‘पुष्पा’ सिक्वेलमा को बन्ला ‘आइटम गर्ल’ ?

काठमाडौं । साउथ सुपरस्टार अल्लू अर्जुनको सुपरहिट फिल्म फिल्म ‘पुष्पाः द राइज’ले नियमित रूपमा बक्स अफिसमा उत्कृष्ट आँकडा दर्ता गरिरहेको छ । गत डिसेम्बर १७ मा रिलिज भएको यो फिल्मले हालसम्म दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्ममा रहेको अभिनेत्री समान्था रुथ प्रभुको आइटम नम्बरलाई पनि दर्शकले उस्तै मनपराइरहेका छन् ।

फिल्मको व्यापार बढ्नुमा समान्थाको यो आइटम नम्बरलाई पनि प्रमुख कारण मानिएको छ । किनकि फिल्म हेर्दा दर्शकले आइटम गीतलाई निकै रुचाएका छन् । दर्शकले यो गीतलाई पटक–पटक सुन्ने र हेर्ने गरिरहेका छन् । फ्यानहरू फिल्मको सिक्वेल ‘पुष्पाः द रुल’मा समान्थाको अर्को एक आइटम गीत चाहेका छन् । तर निर्माताले भने सिक्वेलमा समान्थाको आइटम नराख्ने निर्णयमा पुगेका छन् ।

सुकुमार निर्देशित फिल्मले हिन्दी भाषी क्षेत्रमा राम्रो कारोबार गरिरहेको छ । त्यहीकारण सुकुमारले ‘पुष्पाः द रुल’मा कोही हिन्दी फिल्मकी अभिनेत्रीले आइटम नृत्य गरुन् भन्ने चाहेका छन् । यो फिल्म सन् २०२२ को अन्त्यमा रिलिजको तयारी हुँदैछ । जबकि यसको सुटिङ फेब्रुअरीमा सुरु गर्ने निर्माण पक्षले योजना बनाइसकेको छ ।
सुकुमार यो समयमा ‘पुष्पा २’का लागि एक टप अभिनेत्रीलाई अनुबन्ध गराउने तयारीमा छन् । जसको खोजीमा उनी जुटिसकेका छन् । स्रोतका अनुसार बलिउडका केही टप अभिनेत्रीले यो फिल्ममा आइटम नृत्य गर्ने सोच बनाएका छन् । तर सुकुमारको नजरमा को अभिनेत्री पर्छिन् भन्ने टुंगो लागिसकेको छैन ।

अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दाना अभिनित ‘पुष्पाः द राइज’ले हिन्दी भर्सनमा ८० करोड बढी रकम कमाइसकेको छ । बलिउडका व्यापार विश्लेषकह फिल्मले चाँडै नै हिन्दी भर्सनमा सय करोडको कारोबार गर्नेमा ढुक्क छन् ।