सुशान्तसिंह राजपुत प्रकरणमा नयाँ खुलासा, पक्राउ परिन् रिया चक्रवर्ती – Nagarikabhiyan : National News

सुशान्तसिंह राजपुत प्रकरणमा नयाँ खुलासा, पक्राउ परिन् रिया चक्रवर्ती

बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छन्।

ड्रग्स माफिया, ओसारपसार तथा सेवनमा संलग्नता देखिएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई गिरफ्तार गरेको हो। ड्रग्स सेवनसहित कैयौ आरोपमा तीन दिनयता उनीमाथि एनसीबीले सोधपुछ पनि गरिरहेको छ।

आज रियाले आफूले सुशान्तको दबाबमा गाँजा र केही केमिकल्सहरु सेवन गरेको वयान दिएसँगै उनलाई नियन्त्रणमा लिइएको हो। उनले ड्रग्स सेवन तथा ओसारपसारमा संलग्न केही कलाकारको नाम समेत उल्लेख गरेकी छन्।

यसअघि एनसीबीले ड्रग्स प्रकरणमा कनेक्सन देखिएपछि रियाका भाई शोविकलाई पनि हिरासतमा लिएको थियो। रिया ड्रग्स प्रयोग प्रकरणमा पक्राउ परेकी हुन्। सुशान्तको आत्महत्यासँग यसको कनेक्सन छ कि छैन भन्ने जाँच चलिरहेको छ।

ड्रग्स प्रकरणमा नयाँ खुलासा मंगलवारको सोधपुछमा रियाले आफूले पनि ड्रग्स लिँदै आएको स्वीकार गरेकी छन्। यसअघि उनका वकिलले रियाले कहिल्यै पनि ड्रग्स नलिएको र उनी रगत जाँच गराउन पनि तयार रहेको बताएका थिए।

स्वयं रियाले पनि एक अन्तर्वार्तामा आफूले कहिल्यै ड्रग्स सेवन नगरेको दावी गरेकी थिइन्। तर आज उनले वकिल र आफ्नो पूर्वदावी विपरित एनसीबीलाई आफूले सेवन गर्ने गरेको स्वीकार गरेकी हुन्। रियाले आफूलाई सुशान्तले नै ड्रग्स लिन बाध्य पारेको पनि दावी गरेकी छन्।

सुशान्तले ड्रग्स सेवन गर्न दबाब दिने गरेको र त्यसैकारण आफूले सेवन गरेको उनको दावी छ। आफूले गाँजाका साथै केही केमिकल्स पनि लिने गरेको रियाले वयान दिएकी छन्। यो वयानसँगै उनलाई हिरासतमा लिइएको हो। पक्राउपछि मेडिकल र कोरोना टेस्टका लागि उनलाई अस्पताल लगिएको समाचार संस्था एएनआईले जनाएको छ।