सकियो पौडेल पक्षको बैठक, फेरी दिउँसो ३ बजे चाक्सीबारीमा बस्ने
२२ मंसिर २०७८, बुधबार १३:५२
पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने साझा उम्मेदवार तय गर्न भनेर आज (बुधबार) बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक सकिएको छ।
केन्द्रीय सदस्यहरुसहित अर्का सभापतिका आकांक्षी प्रकाशमान सिंहको घर चाक्सीबारीमा दिउँसो ३ बजे बैठक बस्ने गरि उक्त बैठक सकिएको हो।
बत्तीसपुतलीको बैठकबाट भने पौडेल खाना खाने भन्दै अचानक निस्किएर केहीबेर अघि कृष्णप्रसाद सिटौलाको निवास पुगेका थिए।
त्यसलगत्तै उक्त बैठक टुंग्गिएको हो। आज एकसाथ संस्थापन (देउवा), संस्थापन इतर (पौडेल) र सिटौला पक्षले बिहानैदेखि आआफ्ना बैठक गरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया