पद जोगाउन ‘उठबस’ गर्दै प्रम ओली, नेकपा एमालेलाई ब्युँताउन सक्ने !
२४ श्रावण २०७७, शनिबार १६:११
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु बच्नका लागि कडा कदम चाल्ने निश्कर्षमा पुगेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफु बच्नका लागि कडा कदम चाल्ने निश्कर्षमा पुगेको उच्च स्रोतले जनाएको छ ।
पार्टीभित्र आफूविरुद्ध घेराबन्दी भैरहेको अवस्थामा अब कसरी अघि बढ्ने भनेर ओलीले आफूनिकट नेताहरुसँग आन्तरिक छलफल तथा परामर्श गरेका छन् । जस आन्तरिक छलफलमा आफूनिकटका नेताहरुलाई अब आफू कडा कदम चाल्ने निश्कर्षमा पुगेको सुनाउँदै आफुलाई साथ दिन आग्रहसमेत गरेको स्रोतले जनाएको छ ।
स्रोतकाअनुसार ओलीले नेकपा एमालेलाई व्यँताउनेगरि तयारी थालेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल, र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूविरुद्ध लगातार मोर्चाबन्दी गरेको र पार्टी एकता नचाहेको ओलीको आरोप छ ।
दाहाल नेपाल समूहले ओलीलाई दुवै पदबाट हटाउने बहुमतको निर्णय गर्ने तयारी थालेको छ । कतिसम्म भने ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरिने दाहाल नेपालको तयारी छ ।
ओलीले पार्टी फुटाउनेगरि गतिविधि गरेकोले अब चुप लागेर नबस्ने दाहाल नेपाल समूहको रणनीति छ । त्यसैअनुसार उक्त समूहले अब स्थायी कमिटीको बैठक चाँडै डाक्ने र त्यही बैठकबाट ओलीलाई कारबाही गर्ने तयारी गरेको छ ।
ओलीले भने आफूले कुनैपनि हालतमा दुवै पदबाट राजीनामा नदिने अडान लिँदै आएका छन् । र, आफूलाई हटाउनको लागि दाहाल नेपाल समूहलाई खुल्ला चूनौतिसमेत दिएका छन् । नेपालपानाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया