महाधिवेशनको सबै गतिविधिहरू अगाडि बढिसक्यो, अब कुनैपनि शर्तमा रोकिँदैनः कांग्रेसका नेता थापा
२४ श्रावण २०७७, शनिबार १५:२१
काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीको महाधिवेशनको गतिविधिहरु सबै अगाडि बढिसकेको बताएका छन् ।
नेता थापाले कोरोनाप्रति सतर्क रहेर महाधिवेशनको गतिविधि अगाडि बढेको बताएका छन् । साथै महाधिवेशन कुनैपनि शर्तमा अब नरोकिने पनि उनले बताएका छन् ।
थापाले भने ‘यद्यपि कोरोना संक्रमण फैलिदै गयो, कतिपय ठाउँमा सामान्य कार्यक्रमहरु गर्नका लागि समेत अफ्ठ्यारो पर्दै जाँदाखेरी त्यसले स्वभाविक रुपमा प्रभाव पनि गर्छ र त्यतिखेरको जिम्मेवारी आफूलाई स्वास्थ्य सुरक्षाको सतर्कताहरु अवलम्बन गर्नुपर्ने र नागरिकहरुप्रति हाम्रो कर्तव्य पनि त्यतातिरै जान्छ ।’
उनले थपे ‘अहिलेको लागि भीडभाड नगरिकन कतिपय हाम्रो गतिविधिहरु चलिरहेको छ । त्यसैगरी हाम्रो गतिविधिहरु अगाडि बढाउने भन्ने हिजो फेरि निर्णय भएको छ । त्यसरीनै अगाडि बढ्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया