रेखा थापालाई कुन्तीको व्यंग्य- ‘राजनीति नै थाहा छैन, विचरा !’
१७ मंसिर २०७८, शुक्रबार १५:२५
कमल थापाको प्यानलबाट शुक्रबार उम्मेदवारी दर्ता गरेकी शाहीले राजनीति भनेको फिल्म खेलेजस्तो नहुने र रेखालाई राजनीतिक नै थाहा नभएको भन्दै कडा व्यंग्य प्रहार गरेकी छन् ।
उनले व्यंग्य प्रहार गर्दै भनिन्, ‘म रेखा थापालाई चुनौती दिन चाहन्छु, हामीले राजा र हिन्दूका कुरा गर्दा, महिला अधिकारको कुरा गर्दा तपाईँ कहाँ हुनुहुन्थ्यो ? उहाँलाई राजनीति नै थाहा छैन, विचरा !’
अभिनेत्री एवं निर्माता समेत रहेकी रेखाले अध्यक्ष पदमा उम्मेदवारी दिएका रोजन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा शाहीसँग भिड्दै छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया