नेकपा भित्र सुरुभयो भाँडभैलो, एकअर्का विरुद्ध फायर खोल्दै पूर्वएमाले र माओवादी
२२ चैत्र २०७६, शनिबार ०६:३६
काठमाडौं : कोरोना कहरका कारण मुलुक १२ दिन यता लकडाउनमा छ। तर, यो बीचमा २ ठूला काण्डले मुलुक तातेको पनि छ। पहिलोः स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भएको अनियमितता र दोस्रोः काठमाडौं प्रेस अनलाइनको समचार डिलेट प्रकरण। यी दुई बिषयले सत्तारुढ दल नेकपाभित्र भाँडभैलो मच्चिएको छ। नेकपाका नेता देखि कार्यकर्तानै एकआसपमा भिड्ने अवस्था यी दुई काण्डले सिजर्ना गरेको छ।
स्वास्थ्य सामाग्री खरिद प्रक्ररणमा अनियमितता भएको भन्दै व्यापक विरोध भएपछि सरकार व्याक भएको छ। ओम्नी कम्पनीसँगको खरिद सम्झौता गत बुधबार नै रद्ध भएको छ। तर, विवाद यतिमै मात्र सेलाएको छैन। सरकारले ओम्नीबाट खोसेको खरिद प्रक्रिया नेपाली सेनालाई दिने निर्णय गरेको छ। जसका कारण नागरिक स्तरबाट समेत सरकारले आफ्नो हैसियत गुमाएको भन्दै आलोचना भएको छ। तर, त्यो भन्दा ठूलो लडाईँ नेकपा भित्रै देखिएको छ।
पूर्वमाओवादी मन्त्रीहरुले स्वास्थ्य सामाग्री खरिद गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेपनि आफुहरुले थाहा नभएको बताएका छन्। उनीहरुले स्वास्थ्य सामाग्री खरिदको जिम्मा सेनालाई दिने विषयमा सहमती समेत राखेका छन्। यही अनियमिततासँग जोडिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शनिवार एक रेडियोलाई दिएको अन्तरवार्ताले समेत नेकपाभित्रको विवाद सतहमा ल्याएको छ।
स्वास्थ्य सामाग्री खरिद अनियमितताको छानविनको माग उठिरहँदा थापाले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तर्फ लक्षित प्रश्न गरेका छन्, लक्षित प्रश्न गरेका छन् ‘क्यान्टोनमेन्टको मुद्दा अख्तियारमा छ तर किन अघि बढ्दैन ?’ प्रधानमन्त्रीको सल्लाहकार बोल्नु भनेको प्रधानमन्त्री आफैं बोल्नु सरह हो। त्यसैले यो विषयले नेकपाको आन्तरिक राजनीतिमा हलचल ल्याएको छ।
यस्तै काठमाडौं प्रेसको समचार डिलेट प्रकरणले समेत नेकपाभित्र हंगामा मच्चिएको छ। प्रधानमन्त्रीका आइटीविज्ञ अली अस्गरको लगानी रहेको सिरान टेक प्रालीले अनाधिकृतरुपमा उक्त अनलाइनको सि प्यानलमा कब्जा जमाएर अस्गर विरुद्धको समचार हटाएको थियो। जुन समचारमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीकै प्रमुख राजनीतिक सल्लाहका विष्णु रिमालका छोरा जोडिएका थिए। उक्त समचार स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितासँग सम्बन्धित थियो।
समाचार डिलेटभएपछि चौतर्फी विरोध समेत भएको थियो। दबाव बढेपछि सिनाटेकले गल्ती स्विकार्दै माफी समेत मागि सकेको छ। यही सन्दर्भमा पत्रकार महासंघले जारी गरेको विज्ञप्तीलाई लिएर नेकपामा भाँडभैलो मच्चिएको छ। महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तीलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले विष्टलाई फोन गरेर ८ मिनेट धम्की दिएका छन्। उनले विज्ञप्ती समेत जारी गरेका थिए।
थापाकै निर्देशनमा तत्कालिन एमालेको पत्रकार संगठन प्रेस चौतारीबाट महासंघमा प्रतिनिधित्व गर्ने वर्तमान केन्द्रीय सदस्य र पूर्वपदाधिकारीले महासंघको विज्ञप्तीको विरोध गर्दै विज्ञप्ती निकालेका थिए। तर, प्रेस चौतारीका तत्कालिन अध्यक्ष हाल प्रेस संगठनका सह–संयोजक गणेश बस्नेतले स्टाटस लेखे। सोही स्टाटसले नेकपा निकटका पत्रकारहरुमा विभाजको रेखा कोरिने सम्भावना बढेको छ। उनले प्रेस संगठनका संयोजक महेश्वर दाहाल र पार्टी अध्यक्ष प्रचण्ड माथि खनिएर स्टाटस लेखेका थिए।
यस्तो थियो स्टाटस

अहिले भने बस्नेतले यो स्टटास हटाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया