साहद्धारा काङ्ग्रेस सुनसरीको सह सचिवमा उम्मेदबारी घोषणा – Nagarikabhiyan : National News

साहद्धारा काङ्ग्रेस सुनसरीको सह सचिवमा उम्मेदबारी घोषणा

हाल नेपाली काङ्ग्रेस सुनसरीका जिल्ला सदस्य रहेका सुनिल कुमार साहले जिल्ला सह सचिव पदको लागि उम्मेदबारी घोषणा गर्नुभएको छ । काङ्ग्रेसको १४ औं महाधिवेशनका लागि सुनसरीको अधिवेशनमा जिल्ला सह सचिवमा लड्ने घोषणा गरेको साहका सहयोगी युवा नेता सेराज हुसेनले जानकारी दिनुभयो । साह २०४८ सालमा नेपाली काङ्ग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ जनता मा.वि.नर्सिङका इकाइ सदस्यबाट राजनीतिकमा प्रवेश गरेका हुन । ने.वि.संघको राजनितिकमा अग्रता लिदै ने.वि.सुनसरी बहुमुखी क्याम्पस इकाई सदस्य हुँदा सचिब हुदै उक्त क्याम्पसका ने.वि.संघ क्याम्पस इकाईका सभापति भएका थिए । सोही क्याम्पसका स्ववियु सदस्य हुदै स्ववियु सभापतिसम्म भएका थिए । त्यसैगरी नेपाली काङ्ग्रेस भोक्राहाका सचिव, सुनसरी क्षेत्र नम्बर ५ का सचीव जस्ता पद सम्हाली सकेका साहले जिल्ला सहसचिवमा उम्मेदबारी घोषणा गरेका छ्न । हाल नेपाल विद्यार्थी संघ सुनसरीका शाखा प्रमुख र नेपाली काङ्ग्रेस सुनसरीका जिल्ला सदस्य पदमा काम गर्दै आएका छन् ।