कोभिड–१९ आशंका गरीएकी तर निमोनिया भएकी महिलाको मृत्यु – Nagarikabhiyan : National News

कोभिड–१९ आशंका गरीएकी तर निमोनिया भएकी महिलाको मृत्यु

सुनसरी । सुनसरीको धरान स्थित वडा नं. ११ मा बसोबास गर्दै आएकी ४५ बर्षिय महिलाको मृत्यु भएको छ । धरान स्थित वडा नं. ११ मा बस्दै आएको खड्गमाया कार्मीलाई ज्वरो आएको र स्वास फेर्ने गाह्रो भएको भन्दै कोभिड–१९ को आशंकमा धरान वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बैशाख ४ गते मृत्यु भएको हो ।

कार्कीको स्वाब तानि चेक गर्दा कोभिड–१९ नेगेटिभ देखाएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानका सह–प्रवक्ता डा. अशोक एरेले बताउनुभयो । कोरोना आशंका अस्पताल पुगेकी उनको निमोनियाको कारण मृत्यु भएकोे विपि प्रतिस्ठानका सह–प्रवक्ता एरेले बताउनुभयो ।