ओली सरकारको अवधि जति लम्बियो, त्यति समस्या थपिँदै जान्छः पौडेल
११ श्रावण २०७७, आईतवार १३:२९
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदिप पौडेल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको स्पष्ट पारेका छन् ।
सरकार विभिन्न ठाउँमा चुकेको उनको आरोप छ । आइतबार बिहान एक कार्यक्रममा नेता पौडेलले भनेका छन्, ‘यो सरकारले नेपालभित्रकै परिस्थिति सम्हाल्न सकेन । त्यसैले यो सरकारको अवधि जति लम्बियो, त्यति नेपालमा समस्या थपिँदै जान्छ ।’
‘यो सरकारले अहिलेको विषम परिस्थिति सम्हाल्न सक्दैन भन्ने निष्कर्ष हामीले निकालेका हौ ।’ हिजो नेताहरुले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको भनेका थिए । यस सन्दर्भमा बोल्दै उनले ‘त्यो विषय अहिले छलफलकै क्रममा छ । त्यस्तो अहिले केही आइसकेको छैन ।’ भनेका छन् ।
वर्तमान सरकार नेपालभित्रकै परिस्थिति समाल्न नसकेको उनको आरोप छ । उनले भने ‘त्यसैले यो सरकारको अवधि जति लम्बियो, त्यति नेपालमा समस्या थपिदै जान्छ । त्यसैले यो सरकारले अहिलेको विषम परिस्थिति समाल्न सक्दैन भन्ने निष्कर्ष हामीले निकालेका हौ । तर यसको विकल्पको सन्दर्भमा हामी मात्रै लागिपरेर सम्भव हुँदैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया