करातेको पीता राई सुनसरीमा सम्मानित
२५ कार्तिक २०७८, बिहीबार १४:४९
नेपाली करातेका संस्थापक थानेश्वर राई बीहिबार सुनसरीको रामधुनी नगरपालिका ४ मानपुरमा सम्मानित हुनुभएको छ । नेपाल सितोरियो कराते शाखा डोजोमा करातेको पीता भनेर चिनिनुभएका राईलाई सम्मानित गरिएका वडा अध्यक्ष मनेष कुमार चौधरीले जानकारी दिनुभयो ।
करातेका पीता पहिलो पटक रामधुनी नगरपालिका ४ मानपुर आउनुभएकाले स्वागत सहित सम्मानित गरिएको चौधरीले बताउनुभयो । चौधरीका अनुसार करातेको भिष्म पीता भनेर सम्बोधन गरिने थानेश्वर राईको जन्मभूमि पहाडी जिल्ला खोटाङ भएपनि आफूहरुको नगर तथा वडामा कराते लेखाडीलाई प्रत्योसाहन गरेको र विभिन्न प्रतियोगितामा रामधुनीलाई पनि सहभागी गराएकोले गाउँमा स्वागत सहित सम्मान गरिएको बाल सहजकर्ता अमन ढुगेंलले बताउनुभयो । यस क्षेत्रका ८० जना नव प्रशिक्षार्थीहरुलाई राईले पनि समापनमा प्रशिक्षण दिनुभयो । तीन महिने कराते प्रशिक्षणको क्रममा वीहिबार मानपुर आउनुभएको मौकामा सम्मान गरिएको ढुगेंले जानकारी दिनुभयो । प्रशिक्षणमा राईले मानव जीवनमा स्वास्थ्य रहन र आफ्नो सुरक्षा गर्नका लागि करातेले ठूलो योगदान गर्ने भएकाले प्रशिक्षार्थीहरुले पनि आफुले सिकेका अभ्यास अरुलाई सिकाउन पनि आग्रह गर्नुभयो । सम्मान कार्यक्रममा रामधुनी ४ का वडा अध्यक्ष मनेष कुमार चौधरी सहित सदस्य कमल कार्की, कराते शाखा डोजो अध्यक्ष हरि राउत, समाजसेवी गोपाल पराजुली, गोविन्द काफ्ले रअमन ढुङ्गेल सहित स्थानीयको उपस्थिति रहेको थियो ।

१, नेपाली करातेका संस्थापक थानेश्वर राईलाई सुनसरीको रामधुनी नगरपालिका ४ मानपुरमा सम्मान गर्दै । तस्बिर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया