नरसिंहमा दुई देशिय कुस्ती सम्पन्न
२१ कार्तिक २०७८, आईतवार १४:२९
सुनसरीको भोक्राहा नरसिंह गाउँपलिका वडा नंम्बर ७ नरसिंहको काली मन्दिरमा दूई देशिय कुस्ती प्रतियोगिता आईतबार सम्पन्न भएको छ । दशकदेखी हुदै आएको वार्षिक कार्यक्रम अन्तरगत तीन दिने दूई देशिय कुस्ती प्रतियोगिता सम्पन्न भएको हो । कार्तिक १९ देखी २१ गतेसम्म संचालन भएको अन्ताराष्ट्रिय स्तरको दूई देशिय कुस्ती प्रतियोगितामा ६० केजी तौलमा भारतको इलाहाबादका अमेन्द्र यादवलाई पराजित गरेर सुनसरीका समसेर मियाँ जितेको छ भने ७० केजी तौलमा प्रदेश २ को सर्लाहीका अमित यादवलार्य पराजित गरेर भारतको कानपुरका मंगला यादव पहलवान विजय भएको छ । प्रतियोगितामा ८० केजी तौलमा प्रदेश २ को सर्लाहीका अनिल यादवलार्य पराजित गरेर प्रदेश १ को सुनसरीका असोश यादव विजय भएको छ । ९० केजी तौल समूहमा भारतका विहारको रामनारायण यादवलाई पराजित गरेर भारतको युपीका निलु यादव पहलवान विजय भएको छ । त्यसैगरी ९० केजी तौल समूहमा नै प्रदेश १ सुनसरीका रिजवान मंसुरीलाई पराजीत गरेर प्रदेश २ सप्तरीका शिवकुमार यादव विजयी भएको छ । त्यसैगरी १०० केजी तौलमा युपीका बजंर पहलवानलाई पराजित गरी आग्रा भातरका भिम यादव विजयी भएको छ । आयोजक काली मन्दिर मेला समितिका संयोजक रमेश यादवका अनुसार तीन दिनमा १५ जोडी पहलवानहरुले प्रतिस्प्रधा गरेको थियो । सुनसरीको तिहारलाई लक्ष्ति गरेर प्रत्येक वर्ष आन्तराष्ट्रिय कुस्ती प्रतियोगिताको क्रममा यो वर्ष पनि समपन्न गरेको आयोजक समितिका संयोजक रमेशकुमार यादवले जानकारी दिनुभयो ।
काली मन्दिर समिति र भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालयले संयुक्त रुपमा आयोजना समपन्न भएको प्रतियोगितामा नेपालका चार वटा प्रदेशको सहभागिता सहित भारतको दील्ली, युपी, पटना, राजस्थान र बुम्बई सहितको खेलाडीको सहभागीता रहेको थियो । कार्यक्रम संयोजक यादवका अनुसार प्रतियोगिता हेर्न नेपाल र भारतका गरी तीन दिनमा एक लाखको संख्यामा दर्शक तथा खेलप्रेमी आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया