विश्वकप क्रिकेट : श्रीलंकासँग हार्यो साबिक विजेता वेस्टइन्डिज
१९ कार्तिक २०७८, शुक्रबार ०७:३६
काठमाडौँ । साबिक विजेता वेस्टइन्डिज आईसीसी टी–२० विश्वकप क्रकेट २०२१ को समूह चरणबाटै बाहिरिएको छ। बिहीबार रातिको खेलामा श्रीलंकासँग २० रनले पराजित हुँदै वेस्टइन्डिज समूह चरणबाटै बाहिरिएको हो । १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै केवल १ सय ६९ रन जोड्न सक्यो ।
पराजयसँगै वेस्ट इन्डिजको सेमिफाइनल प्रवेश गर्ने झिनो सम्भावना पनि समाप्त भएको छ । चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ । श्रीलंका भने एक खेलमा जित र तीन खेलमा पराजय भोग्दै प्रतियोगिताबाट पहिल्यै बाहिरिसकेको थियो । बिहिबारको खेलमा वेस्ट इन्डिजका लागि सिमरोन हिटम्यानले सर्वाधिक ८१ रन जोडे । निकोलास पुरन ४६ रनमा आउट भए । श्रीलंकाका वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणारत्नेले समान २–२ विकेट हात पारे ।
दुसमन्था चमिरा र दासुन सनकाले एक–एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन जोड्न सफल भयो । श्रीलंकाका लागि चरिथ असालांकाले सर्वाधिक ६८ रनको योगदान गरे । पाथुम निसांकाले ५१ रन जोड्दा कुशल पेरेरा २९ रनमा आउट भए । वेस्ट इन्डिजका आन्द्र रस्सलले सर्वाधिक २ विकेट हात पार्दा ड्वायन ब्राभोले एक विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया