शोषण उत्पीडत अन्त्य र मानव समुदायमा शिक्षाको विकास भए मात्र आधुनिक युगको विकास हुने ः यादव
१६ कार्तिक २०७८, मंगलवार १९:००
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विद्मान शोषण उत्पीडत अन्त्य र मानव समुदायमा शिक्षाको विकास भए मात्र आधुनिक युगको विकास हुने बताउनुभएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्थित पृथ्मी नारायण माध्यमिक विद्यालयमा जसपाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा वृहत कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुर्दै राज्यले नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेण्टी गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष यादवले मानिसलाई अहिलेको अवस्थामा मूल शिक्षा र स्वास्थ्य नै भएकाले शिक्षा र आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित भएका मानिस गरिबीको महामारीमा फसिने भएकाले शोषीत, पीडित तथा उत्पीडतमा रहेका नागरिकको लागि शिक्षा र स्वास्थ्य सेवाको आवश्यकता रहेको बताउनुभयो ।
पूर्व उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहनुभएका अध्यक्ष यादवले शिक्षा र स्वास्थ्यको विकास र पहुच सहित मुलुकलाई समृद्ध बनाउनका लागि शासक मात्र नभई व्यवस्था परिवर्तन आवश्यक रहेको बताउनुभयो । शिक्षा क्षेत्रको विकास भएपछि देशको उन्नति समेत हुने उहाँको भनाई थियो । शिक्षित भएको ठाउँमा हरेक क्षेत्रको विकास भइरहेकाले गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा हुनुपर्ने बताउनुभयो । शोषित, उत्पीडित तथा दलित समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी हुनुपर्ने उल्लेख गर्दै उहाँले मधेसी, मुस्लिम, जनजाती, आदबासी सहित दलित समुदायले हरेक आन्दोलन र परिवर्तनका लागि योगदान पुर्याएको बताउनुभयो । वहाँले विभिन्नि पार्टी र विचारहरुलाई एकिकृत गरेर बनेको पार्टी जसपा भएकाले उत्पीडत र शोषण अन्त्यको प्रयास विभिन्न सर्घषबाट भएको सुनाउनुभयो ।
भेक्राहा नरसिंहमा जसपा गाउँ समितिद्वारा आयोजित दसैँ, दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको जिकिर गर्नुभयो । ‘देशमा अहिलेसम्म निरन्तर सरकार परिवर्तनको खेल मात्रै चल्दै आएको छ । ओली सरकार गएपछि कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनेको छ, तर जनताले यसको अनुभूति गर्न सकेका छैनन्, आवश्यकता सरकार परिवर्तनको नभई व्यवस्था परिवर्तनको हो,’ उहाँले भन्नुभयो ।
उहाँले न्याय प्रणाली, संघीय संरचना, निर्वाचन प्रणाली सहितका सामाजिक परिवर्तन आवश्यक रहेको जिकिर समेत गर्नुभयो । विभिन्न जातजाती, वर्ग, लिंग समुदायको उत्थानका लागि सबै नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेण्टी गर्नुपर्नेमा जोड दिनुभयो ।
१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा जसपाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा वृहत कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया