प्रदेश १ सरकार एमालेकै रहने ः कुसियैत
१४ कार्तिक २०७८, आईतवार १९:०२
नेकपा एमाले विभाजनसँगै प्रदेश १ का दोस्रो मुख्यमन्त्री भिमप्रसाद आचार्यको पद धरापमा परेको बेला एमालेका केन्द्रिय सदस्य तथा प्रदेश संसद जगदिशप्रसाद कुसियैतले एमालेकै सरकारले निरन्तरता पाउने दावी गर्नुभएको छ । प्रदेश १ मा शेरधन राई नेतृत्वको सरकार फेरिर एमालेकै आर्यायको नेतृत्वको सरकार गठन भएको र नेपाली कागेंस सहित नेकपा एकिकृत समाजवादी र संघीय समाजवादी सहितको गठबन्धनले असहयोग गर्ने दावी गरेको बेला कुसियैथले एमालेकै सरकारले निरन्तरता पाउने दावी गर्नुभएको छ । आईतबार नेकपा एमालेको कोशी गाउँ कमितिको प्रथम गाउँ अधिवेसनलाई सम्बोधन गर्दै गणित्य हिसावबाट अहिले एमालेसंग ४१ सासद रहेको र मात्र छ जना सांसद अपुग रहेकाले त्यसमा केही साथीहरुले सहयोग गर्ने भएकाले एमालेकै सरकारले निरन्तरता पाउने दावी गर्नुभयो । वहाँले नयाँ सरकार गठनको प्रयासमा रहेको गठबन्धन र विश्वासको मत लिने घोषणा गरेको एमालेले निरन्तरता पाउने सम्भावना उच्च रहेको दावी गर्नुभएको छ । काग्रेंस र नेकपा एसको बीचमा कसको नेतृत्वमा बनाउने भन्ने विषयमा अलमल भएको र उनीहरु भित्रै अन्यौल रहेकाले एमालेकै सरकारले निरन्तरता पाउने अवस्था आएको जिकिर गर्नुभयो ।
प्रदेशमा ९२ सदस्यीय प्रदेशसभा रहेकोमा एमालेका ५१ जना मध्ये नेकपा एस विभाजित भएको अवस्थामा १० जना उता गरेका छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, राप्रपा, नेकपा एसको १० र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ सांसद छन । यसरी गठबन्धनसंग स्पष्ट बहुमत हुने देखिएको छ तर पूर्व मन्त्री समेत रहेका कुसियैगले एमालेकै सरकारले निरन्तरता पाउने अवस्था आएको जिकिर गरेकाले राजनीतिक तरगं पैदा गर्ने देखिएको छ ।
एमालेका ५१ सांसदमध्ये एक जना गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन । प्रदेश सरकार गठनका लागि ४६ सांसद आवश्यक हुन्छ ।
यसैबीच नेकपा एमालेको प्रथम कोशी गाउँ कमिटिको अधिवेशनबाट रामखेलाव साहको अध्यक्षतामा सर्वसहमती समिति चयन भएको छ । निर्वाचन समितिका संयोजक पर्शुराम यादवका अनुसार उपाध्यक्ष उमर अंसारी, सचिव सुरेन्द्र पाठक, उपसचिवदोयमा अमोद चौधरी सम्साद मंसुरी सहित ७५ सदस्य कमिटि चयन भएको छ । निर्वाचितहरुलाई नेकपा एमाले केन्द्रिय परिषद सदस्य खेमराज पोखरेल, सरोज पोखरेल, नेकपा प्रदेश सदस्य तथा कोशी इन्चार्ज अजय कुसियैत, नेकाप एमालेका सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी, नेता तारानन्द मरियैत, नेता चनरदेव यादव, अनिता उराँव, जितेन्द्र खेडवार, कमलेश्वरी खेडवार, रामचन्द्र यादव, धनबहादुर उराँव, पावर्ती उराँव लगायतकाले बधाई तथा शुभकामना दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया