साउथ स्टार पुनित राजकुमारको ह्दयघातका कारण निधन – Nagarikabhiyan : National News

साउथ स्टार पुनित राजकुमारको ह्दयघातका कारण निधन

मुम्बइ  । दक्षिण भारतीय अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा हृदयघातका कारण शुक्रबार निधन भएको छ । हृदयघात भएपछि उनलाई बेंग्लोरको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । पुनीत दिवंगत अभिनेता राजकुमारका छोरा थिए । उनी फ्यानमाझ ‘अप्पु’ नामले परिचित थिए ।

प्रख्यात टेलिभिजन प्रस्तोता पुनीत बाल कलाकारका रुपमा करियर सुरुवात गरेका थिए । उनी कन्नड फिल्ममा सर्वाधिक कमाई गर्ने अभिनेताको सूचीमा सूचीकृत थिए । क्रिकेटर वैंकटेश प्रसादले उनको निधनको पुष्टि गरेका छन् ।