जनमत पार्टीको नगर भेला समपन्न
६ कार्तिक २०७८, शनिबार १६:३८
सुनसरी सदरमुकाम इनरुवामा डा. सीके राउतको नेतृत्वमा रहेको जनमत पार्टीको नगर भेला सम्पन्न भएको छ । सनिबार इनरुवामा नगर भेला समपन्न भएको हो । नगर भेलाले भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना भएकाले सोही अनुसार समिति गठन गरी अगाडी बढ़ने निर्णय गरेको छ ।
भेलामा केन्द्रिय कार्यकारिणी समितिका केन्द्रिय सदस्यहरु सीताराम पंडित र आशा मेहता , देवराम मधेसी सहितकाले बोल्नुभएको थियो । वत्ताहरुले देशमा आफ्नै भाषा, आफ्नै पहिरण र पहिचानका लागि आफ्नै शिक्षा समेत हुनुपर्नेमा जोड दिएका छन् ।
वत्ता देवराम मधेसीले महिला, दलित, जनजाति, अल्पसंख्यक, मुस्लिम, मधेसी, सहितको प्रतिनिधित्व हुने गरी शासन प्रशासन नभएसम्म न्याय नहुने भएकाले संर्घष जारी राखेको बताउनुभयो । मधेसीले जनमत पार्टी भएकाले जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र निःस्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता जनाउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया