नेकपा अफिस शीतल निवासमा सारिएछ, बधाई छ ! – Nagarikabhiyan : National News

नेकपा अफिस शीतल निवासमा सारिएछ, बधाई छ !

विराटनगर । नेपाली कांग्रेसले नेकपालाई बधाई दिएको छ । बल्खुमा भत्केपछि पार्टी कार्यालय शीतल निवास सारिए भन्दै नेपाली कांग्रेसले नेकपालाई बधाई दिएको हो । पछिल्लो समय नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय बनेकी छन् ।

यसै सन्दर्भमा सोमबार प्रदेश १ को प्रदेशसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले टिप्पनी गर्दै नेकपालाई बधाई दिएका हुन् । ‘सर्वप्रथम नेकपालाई बधाइ छ, बल्खुमा भत्केपछि पार्टी कार्यालय शीतल निवास सारिएछ’, उनले भने ‘अहिले अध्यक्ष भनिएका दुई जना खासमा उपाध्यक्ष, वास्तविक अध्यक्ष राष्ट्रपतिज्यू नै हुनुहुँदोरहेछ ।’

उनले राजनीतिक चलखेल नगर्न राष्ट्रपतिलाई आग्रह समेत गरेका छन् । मुलुकको सर्वोच्च पदको गरिमा ख्याल गर्नुपर्ने कार्कीले भनेको छन् । संवैधानिक भूमिकाभन्दा बाहिर राजनीतिक चलखेल नगरी बस्नै नसक्ने भए राष्ट्रपतिले मार्गप्रशस्त गर्नुपर्ने उनले बताए । राष्ट्रपति एउटा पार्टीको मात्र बन्न नमिल्ने पनि उनले भनेका छन् ।

‘मुलुकको सर्वोच्च पदको गरिमा ख्याल गर्नुपर्छ’ कार्कीले भने ‘संवैधानिक भूमिकाभन्दा बाहिर राजनीतिक चलखेल नगरी बस्नै नसक्ने भए राष्ट्रपतिले मार्गप्रशस्त गर्नुपर्छ, चलखेल नगर्ने अर्को सेरेमोनियललाई राष्ट्रपति बनाउँदा हुन्छ, नभए राष्ट्रपति जस्तो पदमा बसेपछि गरिमाको ख्याल राख्नुपर्छ ।’