यस्तो बन्यो ‘नेपाली क्राइम पेट्रोल’को ट्रेलर
१६ आश्विन २०७८, शनिबार १२:००
काठमाडौं । नेपाली क्राइम पेट्रोलको ट्रेलर सार्वजनिक गरिएको छ । भारतीय फ्रेन्चाइज लिएर निर्माण गरिएको नेपाली क्राइम पेट्रोलको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो । डोको युट्युब च्यानल मार्फत सार्वजनिक १ मिनेट ४९ सेकेन्डको यस ट्रेलरमा एक युवतीको ज्यान लिएको बारे देखाइएको छ ।
क्राइम पेट्रोल नेपालमा कलाकार दीपक राज गिरी होस्ट छन् भने यसमा कथाअनुसार विभिन्न कलाकारको समेत अभिनय रहनेछ ।
भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रित ‘क्राइम पेट्रोल’ सँग आधिकारिक अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया