ईपीएल क्रिकेट : विराटनगर विरुद्धको खेलमा चितवन विजयी – Nagarikabhiyan : National News

ईपीएल क्रिकेट : विराटनगर विरुद्धको खेलमा चितवन विजयी

काठमाडौँ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विराटनगर वारिवर्स विरुद्धको खेलमा चितवन टाइगर्स विजयी भएको छ । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा चितवनले विराटनगरलाई २ विकेटले पराजित गरेको हो ।

विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए । यस्तै भिम सार्कीले ३० रन जोड्दा दिलिप नाथले २३ रन बनाए । करिम जनत १९ रनमा आउट भए । विराटनगरका सिकन्दर राजा र करण केसीले २र२ विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले १\१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाए । बिक्रम भुसालले ७ रन जोड्दा अनिल खरेल सुन्य रनमा अविजित रहे। चितवनका कप्तान सोमपाल कामी,कमल ऐरी,करिम जनत र सागर ढकालले २/२ विकेट लिए । शाहब आलमले १ विकेट लिए । जितसँगै चितवनले २ अंक जोडेको छ ।