स्तन सर्जरी गराउने बलिउड अभिनेत्रीहरु – Nagarikabhiyan : National News

स्तन सर्जरी गराउने बलिउड अभिनेत्रीहरु

एजेन्सी । सुन्दरतासँगै आफ्नो बजारमा चर्चा हुने भएकाले हलिउड र बलिउडका कलाकारले सरोगेसीमात्रै होइन‚ प्लास्टिक सर्जरी समेत गर्ने गरेका छन्।

अधिकांश सर्जरी नाक, ओठ, हिप, ब्रेस्टको हुने गरेको छ। शिल्पाले आफ्नो नाक र ब्रेस्टको सर्जरी गराएकी थिइन्। उनको पहिलेको र अहिलेको तस्बिर हेर्दा उनले प्लास्टिक सर्जरी गराएको प्रष्टै देखिन्छ।

अर्की अभिनेत्री सुष्मिता सेनले पनि आफ्नो ब्रेस्टको सर्जरी गराएर आकार बढाएकी थिइन्। उनी सन् १९९४ मा मिस युनिभर्स हुँदाताकाको तस्वीर र त्यसपछिका तस्वीर हेर्दा फरकपन देखिन्छ नै।

अहिले चर्चामा रहेकी कंगना रनोतले समेत ब्रेस्टको प्लास्टिक सर्जरी गराएर आकार बढाएकी थिइन्। सन् २०११ मा सार्वजनिक भएको उनको तस्वीरले उनले ब्रेस्ट सर्जरी गरेको खुलेको थियो।

आयशा टिकिया, श्रीदेवी, विपाशा बासु, राखी सावन्तले समेत आफ्नो ब्रेस्टको प्लास्टिक सर्जरी गराएका थिए ।