नेपाली काग्रेंस अगामी निर्वाचनमा पहिलो पार्टी हुनेः कार्की – Nagarikabhiyan : National News

नेपाली काग्रेंस अगामी निर्वाचनमा पहिलो पार्टी हुनेः कार्की

कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको नेतृत्व गर्ने पार्टी नेपाली काग्रेंस भएको बताउनुभएको छ । नेपाली काग्रेंसले भाषण र गफमा नभई साच्चैको सबैको मुहार र अनुहारमा प्रत्याभुती हुने गरी काम गर्ने भएकाले देशको ठूलो पार्टी नेपाली काग्रेंस पार्टी बन्ने बताउनुभयो । सनिबार नेपाली काग्रेंसको १४ औं महाधिवेशनका लागि निर्वाचित वडा सभापती तथा क्षेत्रिय प्रतिनिधिहरुको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री कार्कीले विपन्न र गरिबको जिवनस्तर नउक्सेसम्म देशको विकास नहुने भएकाले सबैलाई विकासको अनुभुत हुने गरी काम गर्ने बेला आएको बताउनुभयो । यसका लागि काग्रेंस पार्टीको नेतृत्व आवश्यक रहेको बताउनुभयो । नेपाली काग्रेंसका केन्द्रिय सदस्य समेत रहनुभएका कार्कीले काग्रेंस तीन पुस्ताको पार्टी भएकाले सबैको भरोसाको केन्द्र समेत काग्रेंस नै भएको बताउनुभयो । वहाँले अहिले गठबन्धनको सरकार भएकाले सबै कुरा पुरा गर्न नसकिएपनि अगामी निर्वाचनबाट पहिलो ठूलो पार्टी बनेर देशको विकास र समृद्धिको पक्षका काम गर्दै जनताको जनभावनाको पूर्ण कदर गर्ने बताउनुभयो ।कार्यक्रम सुनसरी क्षेत्र न.४ को सभापति तथा कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको अधयक्षतामा सम्पन्न भएको थियो । संचालन राजेन्द्र मेहता र हजरत हुसेनले गर्नुभएको थियो ।
कार्यक्रममा ६६९ जना क्षेत्रिय प्रतिनिधि र ३२ जना वडा सभापती सहित ७०१ जनालाई एउटै मञ्चमा मन्त्री कार्कीले व्यक्तीगत लगानीमा स्वागत तथा सम्मान गरेको समेत जानकारी दिनुभयो । मन्त्री कार्कीले यस क्षेत्र नम्बर ४ को हरिनगर, भोक्राहा नरसिंह, कोशी गाउँपालिका र इनरुवा, रामधुनी तथा बराहक्षेत्र नगरपालिकाका पार्टीको वडा अधिवेशनबाट निर्वाचित हुनुभएका वडा सभापती र क्षेत्रिय प्रतिनिधिलाई स्वागत तथा सम्मान गरेर पार्टी भित्रको लोकतन्त्र मजबुत रहेको सन्देश समेत दिएको जानकारी दिनुभयो ।
वहाँले पार्टी भित्रको कुनै पनि पक्ष र गुडउपगुडमा नलागीकन जस्ले पार्टीको अवस्था, समस्याको सामना गर्न सक्छन, पार्टी हाक्न सक्ने सक्षम छन् त्यसतोलाई सही नेतृत्व दिनुपर्ने बताउनुभयो । वहाँले एक पटक जितेकाले पाँच वर्षसम्म पद हाक्ने भएकाले सही, इमान्दार र योग्य साथीहरुलाई सके सहमतीमा नभए प्रजातान्त्रिक प्रकृया अपनाएर स्वस्थ प्रतिस्प्रधाबाट नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । वहााले वीपी कोईराला देखी गिरिजा प्रसाद कोईराला, गणेशमानसिंहसम्मको सपना सकार पार्नका लागि प्रेरणादायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पार्टीमा ठूलो उत्साह बढेकाले त्यसलाई ध्यानमा राखेर उत्साहलाई पालिका, प्रदेश र संघमा समेत पार्टीलाई ठूलो पार्टी बन्ने संकेत गरेकाले सबैलाई सोही अनुसारको काम गर्न आग्रह गर्नुभयो ।
मन्त्री कार्कीले पार्टीले एकलै सरकार चलाउने गरी निर्वाचनमा जित्ने भएकाले पार्टी भित्रको निर्वाचनमा ठूलो जोडबल नगरी सहमतीमा ध्यान दिन र नभए नेतृत्वमा निष्पक्ष मतदान गरेर ल्याउन आग्रह गर्नुभयो ।
मन्त्री कार्कीले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै स्वदेशमा जल, जंगल र जमिनलाई उपयोग गरेर युवलाई स्वरोजगार सृजना गर्नुपर्नेमा पार्टीले ध्यान केन्द्रित गरेको बताउनुभयो । कानून, न्याय तथा संसदीय मामिला मन्त्री कार्कीले देशको प्रतिनिधि सभामा रहेको कुल संख्या मध्ये ६३ सांसद मात्रै भएकाले चाहेर पनि सबै काम गर्न नसकिने भएकाले अव निर्वाचनमा काग्रेंसलाई पहिलो पार्टी बताउनुपर्नेमा जोड दिनुहुदै पार्टीमा सबैको योगदान आवश्यक रहेको बताउनुभयो । देशमा काग्रेंसले मात्रै केही गर्ने भएकाले जनताको जनलहर पनि काग्रेंस प्रती बढेको बताउनुभयो । वहाँले सुनसरीको क्षेत्र नम्बर–४ को विकासको लागि कुनै दलको विकास होइन्, आमजनताको विकास भएकाले सबैले राजनीती भन्दा माथि उठेर सोच्न जरुरी रहेको बताउनुभयो । यो क्षेत्रबाट सोच्ने परिपाटीको निर्माण र संस्कृतिको विकास आवश्यक रहेको छ ।
वहाँले आरक्षलाई निकुञ्जमा परिर्वतन गर्न लागि परेको समेत बताउनुभयो । मानव र जनावरबीचको द्धन्द्धलाई न्युनिकरण गर्नका लागि समस्या समाधान गर्न लागि परेको समेत बताउनुभयो । वहाँले आफू यस क्षेत्रका सांसद भएकाले कोशी गाउँपालिकाको हरिपुर देखी जमुवा चौकसम्म र बराहक्षेत्र नगरपालिकाको चुडामणी चौक देखी मधुवनसम्मको बाटो कालो पत्रे गर्ने गरी काम केही दिनभित्र सुरु हुने बताउनुभयो । वहाँले जनताको आंकक्षालाई पुरा गर्न सदैव अग्रसर रहेकोले निर्वाचन सम्पन्न भएको चारवर्ष बित्नलाग्दाँ आपूmले विकासको गतिलाई अघि सारेको र श्रीलंकाटप्पुमा ४५ वर्षपछि बिजुली व्यवस्था गरेको समेत बताउनुभयो ।
कोभीड १९ का कारणले देश संकटमा रहेकाले सरकारले यो सरकार चैत भित्र सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउने बताउनुभयो । वहाँले सरकार नेपाली जनताको जिवन रक्षाका लागि गम्भिर भएकाले शुक्रबार मात्रै ४४ लाख मात्रा खोप भित्रिएको र एक करोडको हाराहारीमा खोप लगाएकोले खोपको अभावमा कोही पनि मर्नुपर्ने अवस्था नभएको बताउनुभयो । देशको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताउनुभएको छ । वहाँले मन्त्री मण्डल विस्तार भएपछि आफू केही फुर्सदमा हुने भएकाले प्रत्येक शुक्रबार यस क्षेत्रका जनतासंग भेटघाट र छलफलका लागि आउने बाचा समेत गर्नुभयो ।
पmरक प्रसंगमा उहाँले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने उल्लेख गर्नुहुदै एमसीसी संसदबाट पास गराउनका लागि सबैको बीच सहमतिको खाँचो रहेको बताउनुभयो । कार्कीले असोज ४ गते बस्ने संसद् बैठकले बजेटको विषय अघि बढाउने समेत बताउनुभयो ।
नेकपा एमाले सहित विभिन्न पार्टी सय बढी नेपाली काग्रेंसमा प्रवेश ः सुनसरीको कोशी गाउँपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी सहित विभिन्न पार्टी त्यागेर एक सय बढी नेता कार्यकर्ताहरु नेपाली काग्रेंसमा प्रवेश परेका छन् । सनिबार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आयोजना गर्नुभएको वडा सभापती तथा क्षेत्रिय प्रतिनिधि सम्मान कार्यक्रममा विगत लामो समयदेखी एमाले राजनीतिकमा रहनुभएका चन्द्रकला नेपालको नेतृत्वमा ९५ जना र कविता मण्डलको नेतृत्वमा ७९ जना नेपाली काग्रेंसमा प्रवेश परेका हुन् । त्यसैगरी पत्रकार तावील अंसारी पनि नेपाली काग्रेंसमा फर्किनुभएको छ । अंसारी नेकपा माओवादी केन्द्रबाट काग्रेंस प्रवेश गर्नुभएको हो ।
कोशी गाउँपालिका ७ र ८ को हरिपुर क्षेत्रमा नेपालको नेतृत्वमा कोशी १ र २ का दुईवटै वडाका विभिन्न तहका विभिन्न पार्टी परित्याग गरी मण्डलको नेतृत्वमा एकसाथ १७४ जना नेता, कार्यकर्ता र महिलाहरु काग्रेंसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टीका केन्द्रिय सदस्य तथा सुनसरी क्षेत्र नम्बर ४ का संघीय सांसद एवम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सुनसरी जिल्ला सभापती राजीव कोईरालाले स्वागत गर्नुभयो ।
नवप्रवेशीहरुलाई कार्कीले टिका, माला तथा खादाँ लगाएर स्वागत गर्नुभयो । कार्यक्रममा नेपाली काग्रेंस सुनसरी सभापती एवम प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोईराला, उपसभापती संजय श्रेष्ठ, सहसभापती सदानन्द मण्डल, सचिव केदार भण्डारी, कोषाध्यक्ष पंकज महतो, क्षेत्रिय नेताहरू हारुन अंसारी, इनरुवा नगरप्रमुख राजन मेहता, हरिनगरका अध्यक्ष गफार अंसारी, नेता जमिल अख्खतर, राजेन्द्र मेहता, प्रमानन्द मण्डल, कोशीकी उपाध्यक्ष अनितादेवी यादव, हजरत हुसेन, विजया कटुवाल, नवप्रवेशीका तर्फबाट चन्द्रकला नेपाल, कविता मण्डल, कोशीका विभिन्न तहका नेताको उपस्थिती रहेको थियो ।

सुनसरीको लौकहीमा नेपाली काग्रेंसको १४ औं महाधिवेशनका लागि निर्वाचित वडा सभापती तथा क्षेत्रिय प्रतिनिधिहरुको स्वागत तथा सम्मान गर्नुहुदै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की । १, सुनसरीको लौकहीमा नेपाली काग्रेंसको १४ औं महाधिवेशनका लागि निर्वाचित वडा सभापती तथा क्षेत्रिय प्रतिनिधिहरुको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की ।