नेकपा माओवादी केन्द्रको बैठक सम्पन्न
१९ भाद्र २०७८, शनिबार १८:२७
नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय कमिटी बैठक सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) १ नम्बर प्रदेश कमिटीको भर्चुअल बैठक सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्नु हुँदै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीलाई एकढिक्का बनाउन निर्देशन दिनुभयो । बैठकमा सुनसरी जिल्लाबाट सामुहिक केन्द्र कमिटी सदस्य र प्रदेश कमिटी सदस्य लगायत इटहरी उपमहानगरपालिका अन्तरगत प्रिमियर होटलबाट सहभागिता जनाएको थियो । बैठकमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट प्रचण्डले स्थायी कमिटी बैठकमा भएको विषय र प्रदेशका १४ जिल्लाका इन्चार्ज तथा निर्वतमान अध्यक्षहरुको कुरा सुन्नुभएको माओवादी केन्द्रका सुनसरीका अध्यक्ष योगेन्द्र मण्डल पप्पुले जानकारी दिनुभयो ।
बैठकमा सकारसँग जोडिएका विषयहरु, पार्टीको आन्तरिक सांगठनिक विषयमा छलफल भएको उहाँले बताउनुभयो । बैठकमा सहभागी सुनसरीका पार्टी निवर्तमान अध्यक्ष मण्डलले जिल्लाका १२४ वडा मध्ये ८४ वटामा वडा कमिटि गठन भएको, १३ हजार ३३५ संगठिन सदस्य रहेको, चार संघीय प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा सदस्य क्षेत्रमा पनि पार्टीको संगठन विस्तार गरेको रिर्पोटिंग गर्नुभएको थियो । पार्टीलाई गुटउपगुटबाट बचाउन समेत मण्डलले नेतृत्वलाई आग्रह गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया