इटहरीमा १ अर्व २५ करोडका परियोजना
४ भाद्र २०७८, शुक्रबार १५:४४
सुनसरीको इटहरी उपमहानगरपालिकामा १ अर्व २५ करोडका परियोजना संचालन हुने भएको छ । इटहरीमा सवाँ अर्वको परियोजना संचालनका लागि इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले गत वैशाखमै सम्झौता पत्रमा हस्ताक्षर गरिसक्नुभएको छ । वल्र्डवैकले सरकारलाई उपलब्ध गराएको सफटलोन शहरी विकास मन्त्रालय मार्फत इटहरी उपमहानगरपालिकालाई प्राप्त भएको हो ।
परियोजना पाँच बर्षभित्रमा सम्पन्न हुनुपर्ने छ । उपमहानगरका प्रमुख चौधरीका अनुसार परियोजनाको प्रक्रिया अघि बढिसकेको छ । कन्सल्टयान्ट नियुक्तका लागि ग्लोवल टेण्डर आवहान गरिएको छ । कन्सल्टयान्टले विज्ञहरु नियुक्त गर्ने छ । विज्ञहरु परियोजना सम्पन्न नभएसम्म इटहरीमै बस्ने छन ।
योजना छनौटका लागि प्रमुखको संयोजकत्वमा उपप्रमुख,प्रमुख प्रशासकीय अघिकृत,दुईजना वडाध्यक्षहरु र योजना शाखाका प्रमुख रहेको समिति वन्ने छ । त्यहि समितिले वढिमा दुईवटा योजना छनौट गर्ने छ । इटहरीको प्रमुख समस्या ढल निकास,नदि कटान नियन्त्रण र उच्च स्तरीय कालोपत्रे सडक निर्माण मध्ये दुई योजना छानिन सक्ने प्रमुख चौधरीले संकेत गर्नुभयो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया