पिएसजीमा मेस्सीको डेब्यु कहिले ? – Nagarikabhiyan : National News

पिएसजीमा मेस्सीको डेब्यु कहिले ?

लियोनल मेस्सीका समर्थकहरु चाडैं उनले पिएसजीबाट खेलेको हेर्न आतुर छन् । तर प्रशिक्षक माउरिसियो पोटेटिन्होले शुक्रबार साँझ बे्रस्टविरुद्ध हुने खेलमा मेस्सीको नाम टोलीमा राखेका छैनन् । यस खेलमा नेइमार र लियनद्रो पेरेडेस पनि मैदानमा हुने छैनन् ।

कोपा अमेरिकाको फाइनल खेलमा सहभागी हुन परेका कारण उनीहरुले पनि प्रिसिजनको तयारी गर्न पाएका थिएनन् । अब लिग वानको चौथो खेलमा स्टेडे डि रेइम्सविरुद्ध मेस्सी मैदानमा उत्रनसक्ने अपेक्षा गरिएको छ । यसै महिना बार्सिलोनासँगको २१ वर्षे सम्बन्ध टुंग्याएर छाडेर मेस्सी पिएसजीमा आबद्ध भएका हुन् ।

१७ वर्ष बार्साको सिनियर टोलीबाट खेल्नेक्रममा उनले सर्वाधिक धेरै खेल खेल्ने खेलाडी र सर्वाधिक धेरै गोल गर्नेसहितका दर्जनौं किर्तिमान बनाएका थिए । उनी स्पेनिस ला–लिगाको इतिहासमै सर्वाधिक ४ सय ७४ गोल गर्ने खेलाडी हुन् ।