पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने – Nagarikabhiyan : National News

पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने

काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान तथा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासीको घोषणा गरेका पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने भएका छन्।

एक दुई महिनाभित्रै एकेडेमी सुरु गर्ने योजना रहेको उनले सुनाए। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनमा पारसले भने, ‘तत्कालका लागि क्रिकेट एकेडेमी सुरु गर्ने मेरो योजना रहेको छ। यो एक दुई महिनामै सुरु गर्छु’, उनले भने।

बुधबार पत्रकार सम्मेलन गर्दै पारसले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताए । त्यसमा सफल हुन सके राजनीतिमा आउन सक्ने उनले बताए ।

आफूलाई अवसर आए र लाइन मिले राजनीति गर्ने सोचसमेत भएको बताएका हुन्। तर, आफ्नो प्राथमिकता भने क्रिकेट नै भएको उनले बताए।

उनले भने, ‘आजबाट मेरो करियर सुरु भएको छ । यो चुनौतिपूर्ण छ, राम्रो अवसर आयो भने राजनीतिमा पनि हुनसक्छु ।’

उनले अघि भने, ‘राइट अपरच्युनिटी आयो भने राजनीतिमा पनि हुनसक्छु । आगामी दिनमा अवसरहरू आउँछ भने त्यो पनि किन नहुनु ? त्यसअघि नै क्रिकेटलाई कुनै ठाउँमा पुर्याउन सक्नेतर्फ लाग्नुपर्छ, मेरो पहिलो प्राथमिकता क्रिकेट राम्रो होस् भन्ने नै हो ।

उनले एकेडेमीलाई केही समयमा देशब्यापीरुपमा सन्चालन गर्ने बताए। सिनियर राष्ट्रिय टोलीबाट १७ वर्ष खेलेपछि उनले बिहीबार सन्याश घोषणा गरेका थिए।