खेलमैदान र बस्ति जोगाउन तारजाली उपलब्ध गराउँदै वडाध्यक्ष बाबुलाल लामा – Nagarikabhiyan : National News

खेलमैदान र बस्ति जोगाउन तारजाली उपलब्ध गराउँदै वडाध्यक्ष बाबुलाल लामा

धरानः सुनसरीको धरानमा सर्दु खोलाबाट भारी वर्षाका कारण हुने जोखिम न्यूनीकरण गर्न धरान उपमहानगरपालिका ११ वडाका वडाध्यक्ष बाबुलाल लामाको पहलमा ४० थान तारजाली उपलब्ध गराइएको छ ।

धरान ११ को सगरमाथा खेलमैदाननजिक सर्दु खोलाबाट हुने जोखिमलाई मध्यनजर गर्दै जलस्रोत तथा सिँचाइ विभाग डिभिजन इनरुवाबाट तारजाली उपलब्ध गराएको वडा अध्यक्ष लामाले जानकारी दिए । उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थितिमा लामाले तारजाली वितरण गरेका हुन् । त्यहाँ बस्ति नजिकै भएका कारण बस्तिको समेत संरक्षण गर्न आफू लागिपरेको अध्यक्ष लामाले बताए । जोखिम वा आपतको बेला सगरमाथा खेल मैदानलाई उपयोग गर्न सकिने भन्दै सो मैदानको संरक्षण गरिरहेको अध्यक्ष लामाले बताए ।

 

 

धरानको सर्दु खोलाले छुने बस्तिहरु निकै बाक्लो रहेका छन् । विशेषगरी सुकुम्बासी बस्ति रहेको ठाउँहरु वर्षाका कारण निकै जोखिममा पर्ने गरेका छन् । करिडोर निर्माणको विषयलाई लिएर निकै आलोचना भएको सर्दु खोलामा स्थानीय सरकारले निभाएको अभिभावकको जिम्मेवारीदेखि सबै स्थानीय खुसी हुँदै श्रमदान गर्नसमेत लागिपरेका छन् ।