देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी – Nagarikabhiyan : National News

देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्। नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो १ बजे बालुवाटारमा डाकिएको छ। तर बैठक बस्ने नबस्ने अहिलेसम्म यकिन भएको छैन। बैठक बसेलगत्तै सम्बोधन गर्ने र त्यसपछि बालकोट निवास सर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।